फागुण २८ नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी आफ्नै खुट्टामा उभिएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् ।
आज नुवाकोटमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आँउदो निर्वाचनमा बिजय हाँसिल गर्न देशभर अभियानात्मक कार्यक्रम शुरु भएको र यसलाई व्यापक बनाएर लैजाने बताए ।
एमसीसीका कारण पार्टी भित्र देखिएको छलफल र बहसलाई निर्वाचन पछि चलाउने र अहिले निर्वाचन केन्द्रीत भएर लाग्ने सर्वसम्मत निर्णय भएको उनले बताए ।
अब पार्टी नेता कार्यकर्ता जनताको घर घरमा , टोल टोलमा पुगेर जनतासँग सम्बन्ध बलियो बनाएर आफ्नै तागतमा जित्ने गरी चुनाव लड्ने तर कसैसँग तालमेल गर्नु पर्ने भएमा गठबन्धनकै बीचमा तालमेल गरेर जाने मुख्य नीति रहेको बताए ।
अहिले एमसीसीको ब्याख्यात्मक घोषणा पछि अनुमोदन गरिएकाले त्यसप्रति धेरै असन्तुष्टी नजनाउन र पार्टी भित्र छलफलमा सहभागी हुन पनि उनले अपील गरे ।
सडकमा आन्दोलन गरेर, सरकार भित्र लडेर सबै हिशाबले एमसीसीलाई ब्याख्यात्मक घोषणा सहित अनुमोदन गर्न सफल भएको पनि प्रचण्डले स्पष्ट पारे ।