सुर्खेत फागुण २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका माओवादीकै हातमा रहेको बताएका छन् ।
सुर्खेतमा पत्रकारहरुसँग कुरानी गर्दै प्रचण्डले देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीतिमा पनि पार्टीको भूमिका निर्णायक रहेको बताए ।
प्रचण्डले आँउदो स्थानीय तहको निर्वाचन सम्म गठबन्धन कायम रहने दाबी गरे । त्यसपछि पनि गठबन्धन कायम राख्न आफूहरुको प्रयास जारी रहेको उनको भनाई छ ।
आजै प्रचण्डले सुर्खेतमा कर्णाली प्रदेशको बैठकमा कार्यकर्ताहरुलाई निश्चिन्त भएर निर्वाचन केन्द्रीत भएर लाग्न निर्देशन दिए ।
उनले कर्णालीका जिल्लाहरुको बस्तुगत अवस्थाको रिपोर्ट लिएर प्रशिक्षण दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline