फागुण २७ पोखरा । पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतप्रति ब्यग्यात्मक टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई पोखरामा आज सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे ।
अदालतले आफ्नो सरकार ढालेको भन्दै ओलीले सर्वोच्च बिरुद्ध कडा टिप्पणी गर्ने गरेका छन् ।
संविधानमा नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’ ओलीले भने ।
उनले प्रचण्ड र माधव नेपाललाई दशा लागेर हुँदाखाँदाको नेकपा छाडेर हिँडेर अहिले काँग्रेसको ढोका बाहिर प्रसाद दिन्छन् कि भनेर कुर्ने बुंगे भएको टिप्पणी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline