माओवादीले सिंहासानमा राखिदिएको काँग्रेसले हामीलाई हेप्ने ? प्रचण्डको आक्रोश

माओवादीले सिंहासानमा राखिदिएको काँग्रेसले हामीलाई हेप्ने ? प्रचण्डको आक्रोश

  • बुधबार, फाल्गुन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

फागुण २५ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेसलाई पार्टीले सत्ताको सिंहासनमा पुर्याएर राखेको भन्दै सो पार्टीका नेताले माओवादीलाई हेप्ने काम गरेको भन्दै आक्रोश पोखेका छन् ।
ललितपुरको गोदावरीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले काँग्रेस प्रत्यक्ष निर्वाचन तर्फ माओवादी भन्दा पनि दश सिट कम भएको पार्टी भएको बताए ।
केही दिन अघि काँग्रेस नेताले माओवादी र एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिएपछि आज प्रचण्डले आक्रोश पोखेका हुन् ।
काँग्रेस नेताहरुको अपमान सह्य नहुने भन्दै अब पार्टीलाई तलै सम्म सक्रिय र सुदृढ पार्न र निर्वाचनमा जीत हासिल गर्ने गरी अघि बढ्न पनि उनले निर्देशन दिए ।
एमसीसीका बिषयमा ठोस निर्णय लिन नसकेको भए काँग्रेस र एमाले मिलेर जस्ताको तस्तै पारित गर्ने, गठबन्धन पनि टुट्ने, सभामुख हट्ने, माधव जीहरु पनि सांसद नरहने जस्तो स्थिति आउने भएकाले यो निर्णय गरिएको प्रचण्डले बताए ।
प्रचण्डले विगतमा जस्तो भएको भए माओवादी फुटिसकेको हुनेथियो भन्दै अब जिम्मेवार नेतृत्व भएकाले सहज छलफलको वातावरण बनेकाले पार्टी जोगिएको प्रचण्डको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ