फागुण २५ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढो हुँदै गएको काँग्रेसलाई बचाउनकै लागि निर्वाचन आयोगले मत पत्र हरियो बनाउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।
आज मोरङको रंगेलीमा आयोजित सभालाई संवोधन गर्दै ओलीले काँग्रेस बुढो हुँदै गएको छ , बुढो रुख बचाउन निर्वाचन आयोगले मत पत्र चुनाव चिन्ह सबै हरियो बनायो , तर काँग्रेसमा लागेर अब काम छैन , भने ।
काँग्रेस एमाले बिरुद्ध उभिन नसक्ने भन्दै उनले काँग्रेसको दाँत मात्र झरेको हैन रुखै सुकिसकेको छ , योसँग देश बनाउने नीति पनि र बिचार पनि नभएको बताए ।
आज सो कार्यक्रममा माओवादीबाट निर्वाचित रंगेलीका मेयर दिलीप बगडिया र उपमेयर केशब कुमारी खराल लगायतकालाई पार्टी प्रवेश गराउदै ओलीले अरुले दशकौँ सम्म नगरेको काम आफू प्रधानमन्त्री हुँदा केही समयमै गरेको बताए ।
आफूलाई काम गर्न नदिएपछि संसद भंग गरेको पनि ओलीले बताए ।