फागुण २५ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ब्याख्यात्मक घोषणा सहित अनुमोदन भएको एमसीसीमा अब प्रश्न उठाउनु नपर्ने भन्दै पार्टी निर्णयलाई मान्न निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले एमसीसी बिरुद्ध लेखिएका आपत्तिजनक स्टाटसहरु हटाउन पनि नेताहरुलाई निर्देशन दिएका छन् ।
भिन्न मत भए पार्टी भित्र राख्न तर बाहिर पार्टीको आधिकारीक धारणा मात्र व्यक्त गर्न उनले निर्देशन दिएका हुन् ।
कार्की ब्याङक्वेटमा शुरु भएको बैठकमा समसामयिक राजनीति र बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको बिषयमा केन्द्रीत रहेर छलफल हुनेछ ।
यसै गरी उनले एमाले अध्यक्ष ओलीको बिरोध गर्दै उनले अझै पनि गठबन्धन टुटाउने षड्यन्त्र गरीरहेको बताए ।
ओलीलाई अझै पनि आफू शक्तिशाली रहेको भ्रम रहेको भन्दै आँउदो निर्वाचनपछि त्यो भ्रम तोडिने नेपालको दाबी छ ।
ओलीलाई यही भयका कारण गठबन्धन टुटाउन, अविस्वास पैदा गर्न र भ्रम छर्न लागिपरेको नेपालको जिकिर छ ।