एमसीसी अनुमोदन भएपछि पहिलो पटक उच्च चीनीया अधिकारी नेपाल भ्रमणमा आँउदै

एमसीसी अनुमोदन भएपछि पहिलो पटक उच्च चीनीया अधिकारी नेपाल भ्रमणमा आँउदै

  • बुधबार, फाल्गुन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

फागुण २५ काठमाण्डौँ । नेपालमा अमेरीकी अनुदान सहायता परियोजना एमसीसी संसदबाट पारित भएपछि उच्च चीनीया अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन् ।
चीनीया विदेशमन्त्री वागं यी केही साता भित्र नेपाल आउने तय भएको परराष्ट्र स्रोतले बतायो ।
सोमबार परराष्ट्रमन्त्री नारायण खड्काले नेपालमा उच्च स्तरीय भ्रमण हुने जनाउ दिएका थिए ।
चीनले औपचारीक रुपमै एमसीसीमा असहमति राख्दै अमेरीकाले दबाबपूर्ण कुटनीति शुरु गरेको भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको थियो ।
नेपालमा अमेरीका र पश्चिमाहरुको बाक्लो उपस्थिितिलाई चीनले सुरक्षा चासोसँग जोडेर हेर्ने गरेको छ ।
अमेरीकाले खास गरी स्वतन्त्र तिव्वतको पक्षमा वकालत गरेकाले नेपालमा अमेरीकी उपस्थिति र गतिविधिलाई चीनले चासोका रुपमा लिने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ