फागुण २४ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बनेदेखि नै एमालेलाई कमजोर बनाउन राज्यका सबै संयन्त्र प्रयोग भएको भन्दै आक्रोश पोखेका छन् ।
उनले बसन्तपुरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्वाचन आयोगले हरियो रंगको मतपत्र छाप्ने निर्णय गरेकोमा गंभीर आपत्ति जनाएका छन् । यो हरियो सरियो हुँदैन, यो निर्णय सच्याउनुस् ओलीले आयोगलाई ध्यानाकर्षण गराए ।
उनले के हिशाबले हरियो राख्ने ? चारै तिर हरियो छ भनेर देखाउन खोजिएको हो ? भन्दै उनले काँग्रेसको चुनाव चिन्ह हरियो भएकोप्रति संकेत गरे ।
अहिले अदालत, संसद, निर्वाचन आयोग सबै एमाले बिरुद्ध प्रयोग भईरहेको भन्दै उनले आपत्ति जनाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline