फागुण २४ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले अब सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्ने भएको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट विवादका सबै विषय थाँती राख्दै अब निर्वाचन केन्द्रीत भएर परिचालित हुने निर्णय गरेको हो ।
समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार भन्ने नारा सहित माओवादीले चुनावमा होमिने निर्णय गरेको हो ।
यसका लागि सबै पार्टी पक्तिलाई तल्लो तहसम्म पुर्याउने, सबै केन्द्रीय नेताहरु प्रदेश जिल्ला र गाँउमा केन्द्रीत हुनु पर्नेछ ।
स्थानीय तहमा भेला, प्रशिक्षण, संगठन विस्तार सदस्यता वितरण पनि थप्ने निर्णय भएको छ ।
सबै प्रदेश र विभागहरुमा ईन्चार्ज तोकेको माओवादीले युवा नेताहरुलाई केन्द्रीय सदस्यमा बढुवा गरेर पनि काममा लाग्न प्रेरित गरेको छ ।
वादल समुह फुटेर गएपछिको रिक्तता परिपुर्ति गर्ने, पदाधीकारी पछि चयन गर्ने , विगतमा जितिएको स्थानीय तह जोगाउदै थप स्थानीय तहमा चनाव जीत्ने गरी सबै पक्तिलाई खटाउन माओवादीले कार्ययोजना बनाएको हो ।
गत स्थानीय तहमा माओवादीले १०६ वटा स्थानीय तह जितेको थियो ।
चुनावमा सबे सम्म गठबन्धनकै आधारमा जाने, त्यसो नभए पनि एकीकृत समाजवादी, जसपा र अन्य घट्टकहरुसँग गठबन्धनका आधारमा लड्ने जस्ता नीति पनि रहेको छ ।