माओवादी केन्द्रीय समिति : युवा प्राथमिकतामा

माओवादी केन्द्रीय समिति : युवा प्राथमिकतामा

  • सोमवार, फाल्गुन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नेकपा (माओवादी केन्द्र) ले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ । काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठका पूर्व अध्यक्ष तथा सहायक सङ्गठन वाइसिएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको हो ।

अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा युवा प्रौढ र वृद्ध तिनै उमेर समूहको उचित प्रतिनिधित्व गराउने लक्ष्यका साथ युवालाई विशेष भूमिका दिइएको जानकारी गराउनुभएको थियो । अखिल ९क्रान्तिकारी०का छ जना पूर्व अध्यक्ष केन्द्रीय समितिमा अटाएका छन् ।

गत पुसमा सम्पन्न आठौँ महाधिवेशनमा मनोनित हुन बाँकी केन्द्रीय सदस्यमध्ये आज ९७ जनाको नाम प्रस्ताव गरिएको थियो । केन्द्रीय समितिमा अटाएका युवा नेतामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम रञ्जित तामाङ हुनुहुन्छ । यस्तै रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

यस्तै शैलेन्द्र घिमिरे, दीपक कोइराला, इन्द्र गोतामे, सुदीप कुँवर र सूर्यमान दोङ पनि केन्द्रीय समितिमा समेटिनुभएको छ । शङ्कर दुलाल, ठाकुर विक, तेजबहादुर मिजार, घनेन्द्र बराइली र पदमबहादुर केन्द्रीय सदस्य बन्नुभएको छ ।

केन्द्रीय समिति बैठकबाट खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरिएको हो । दलित महिलाका तर्फबाट अनिता परियार, दलित महिला युवा सपना परियार, मुस्लिम पुरुष समूहबाट अतर हुसेन, रजि हैदर, कोहिद अन्सारी, इश्रार खान र मुस्लिम महिलाबाट शेखचाँद तारा केन्द्रीय समितिमा मनोनित हुनुभएको छ ।

मधेसी पुरुष समूहबाट सूर्यनाथ यादव, अशोक जयसवाल, सत्यनारायण भगत, दिलीप शाह, उमेशकुमार यादव, रामसिंह यादव, राधेश्याम पासवान र शिवराम यादव केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।

मधेसी महिलाबाट निशा साह, इन्धु शर्मा, तारा महता, रूबी कर्ण, सुनिता महतो अनिता हरिजन र सोनिया यादव, खस आर्य महिला समूहबाट भेषकुमारी रावत, भवानी थापा, कञ्चन खनाल, गङ्गा दाहाल, कमला नहकी, करूणा बस्नेत र सीता आचार्य केन्द्रीय समितिमा मनोनित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधितर्फ खस आर्य पुरुषमा रामनारायण बिडारी, विष्णु सापकोटा, हरि ज्ञवाली, टेकेन्द्र भट्ट, गोपाल शर्मा, खोपबहादुर कँडेल, झलक सिंह, डीपी ढकाल जनजाति पुरुषमा कालीबहादुर मगर, खस आर्य महिलामा सुनिता गौतम, सावित्री बुढाथोकी, सरस्वती न्यौपाने, अमृता नेपाल र कृष्णा केसीलाई मनोनयन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ