माओवादी केन्द्रीय समितिको बैठक, स्थानीय चुनावको तयारी पहिलो प्राथमिकता

माओवादी केन्द्रीय समितिको बैठक, स्थानीय चुनावको तयारी पहिलो प्राथमिकता

  • सोमवार, फाल्गुन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

फागुण २३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले पार्टी भित्रको मतभेदलाई थाँती राख्दै आँउदो जेठ २० पछि बैठक बसेर समस्याको समाधान गर्ने तर त्यस अघि सबै पक्ति स्थानीय चुनावको तयारीमा लाग्नु पर्नेमा जोड दिएको छ ।

अहिले राष्ट्रिय सभागृहमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनका बिषयमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राखेको फरक मत, कृष्ण बहादुर महरा , देव गुरुङ र लिलामणि पोखरेलले राखेको नोट अफ् डिसेन्टका बिषयमा समेत आफ्नो धारणा राख्दै यसलाई पार्टीमा दर्ज भएको स्वीकार्ने र अर्को केन्द्रीय समितिको बैठकमा बिस्तृत छलफल गर्न प्रस्ताव राखेका हुन् ।
अहिले अब चुनाव आईहाल्यो, जेठ १५ मा बजेट आँउछ त्यसो हुँदा जेठ २० पछि बैठक गरौँ र सबै छलफल गरेर जाऔँ , प्रचण्डले आव्हान गरेका छन् ।
त्यसैमा आधारीत भएर निष्कर्ष निकाल्ने र अहिले अध्यक्ष मात्रै राखेर पदाधीकारी चयन समेत पछि गर्ने गरी टुंगो लगाउने तयारी भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ