प्रतिनिधिसभा बैंठकः ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन

प्रतिनिधिसभा बैंठकः ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन

  • आइतवार, फाल्गुन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ, २२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्ध अध्ययन गर्न महाभियोग सिफारिस समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।

समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन् । प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

बैठकमा सरकारले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ प्रतिनिधिसभा बैठकमा पेस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद मोहन बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको पत्र पनि पढेर सुनाएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

महाअभियोग सिफारिस समितिमा एमालेको तर्फबाट विष्णु पौडेल,लालबाबु पण्डित,शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल तथा कांग्रेसको तर्फबाट मिनबहादुर विक, रामबहादुर विष्ट रहेका छन् । यस्तै माओवादीको तर्फबाट यसोदा सुवेदी, रेखा शर्मा र नेकपा एसका कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ, जसपाका प्रमोद साह समितिमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ