बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद बानिया संसदबाट निलम्वित

बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद बानिया संसदबाट निलम्वित

  • आइतवार, फाल्गुन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ फागुण २२ । बलात्कारको आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँलाई संसदले निलम्बन गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले उनलाई निलम्बन गरेको हो ।
बानिया नेपालगञ्ज प्रहरी हिरासतमा रहेका छन् ।

उनी बिरुद्ध अनुसन्धान प्रहरीले गरीरहेको छ । माघ १९ गते नेपालगन्जस्थित एक होटलमा बानियाँले ४० वर्षीया महिलालाई पैसा दिन्छु भन्दै बोलाएर बास बस्न लगाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।
पीडित महिलाले बानियाँविरुद्ध माघ २७ गते बाँके प्रहरीमा जाहेरी दिएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ