काठमाडौं फागुण २२। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
गत शुक्रबारको बैठकमा एमसीसीका बिषयमा केन्द्रीत छलफल भएको थियो । एमसीसी अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले त्यसमा गंभीर असहमति राखेका छन् । केही नेताले लिखित रुपमै असहमति राखेका छन् ।
आजको बैठकमा ती असहमतिहरुमाथि छलफल गर्दै अब केन्द्रीय समिति र पदाधीकारी चयन एवं स्थानीय चुनावका बिषयमा केन्द्रीत भएर छलफल हुनेछ ।
बैठक राष्ट्रिय सभागृहमा बिहान ११ बजेपछि शुरु हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline