युक्रेनी सेनाले आफ्नै देशको वार्ता टोलीका सदस्यको हत्या गर्यो, नागरिकलाई मानवढालका रुपमा प्रयोग

युक्रेनी सेनाले आफ्नै देशको वार्ता टोलीका सदस्यको हत्या गर्यो, नागरिकलाई मानवढालका रुपमा प्रयोग

  • शनिबार, फाल्गुन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 28.6K
    SHARES

एजेन्सी फागुण २१ । रुससँगको युद्ध चर्किदै गएका बेला युक्रेनको सेना अराजक बनेको देखिएको छ । उसले रुससँग भईरहेको वार्ता टोलीका सदस्यको हत्या गरेको छ । वार्ता टोली सदस्य डेनिस किरीबको सेनाले गोली हानी हत्या गरेको युक्रेनी सञ्चार माध्यमले उल्लेख गरको छ । उनले धोका दिएको भन्दै सेनाले हत्या गरेको आरोप लगाईएको छ । तर उनको हत्याबारे सरकारले कुनै आधिकारीक प्रतिकृया दिएको छैन । उनी रुससँगको दुई पटकको वार्तामा सहभागी सदस्य थिए ।
यसैबीच युक्रेनको सेनाले विदेशी विद्यार्थी र सर्वसाधारणलाई मानढाल बनाएको पुष्टी भएको छ । खारकिवमा कम्तीमा १३ सय भारतीय विद्यार्थीलाई एउटा विद्यालयमा थुनेर उनीहरुले मानवढाल बनाएको पाईएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार खाना पनि पर्याप्त नदिई र कतै हिँड्न र तस्वीर खिच्न समेत नदिएर विद्यालय भवनमा थुनेको पीडितहरुको आरोप छ ।
हजारौँ सर्वसाधारणलाई समेत मानवढाल बनाउदै युक्रेनी सेनाले आफ्ना पोष्टहरु बस्ती नजिक राख्न थालेको , टैंकहरु बस्तीको छेउमा राख्न थालेको आरोप लाग्न थालेको छ । जसले गर्दा सर्वसाधारणहरुको ज्यान थप जोखिममा परेको भन्दै त्याहाँ चिन्ता बढ्न थालेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ