झापा फागुण २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अब सकिने दिन आएको बताए । आगामी बैशाख ३० गते माओवादी केन्द्र सकिने ओलीले जिकिर गरे ।
झापाका शहीदहरुको शालिकमा माल्यार्पण गरेपछि एक कार्यक्रमलाई संवोधन गर्दै ओलीले जनताले भोट हाले हाल नहाले नहाल तर माओवादी सिद्धिन्छ ओलीले चेतावनी दिए ।
उनले सिद्धिन लागेको माओवादीलाई आफूले पम्प हालेर ७४ सालमा उकासेको भन्दै अब पम्प नहाल्ने बताए ।
प्रचण्डको चिनामै सिद्धिने लेखेको छ , गएर ज्योतिषलाई देखाउनुस्, ओलीले जिकिर गरे । प्रचण्डले एमालेले माओवादी सिध्याउन लागेको भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।
अर्कोतिर एमाले छाडेर एकीकृत समाजवादी पार्टी बनाएका माधव कुमार नेपाल पनि चिचिलामै सकिने ओलीले ठोकुवा गरे । माधव नेपालले त झन पार्टी बनाउन सक्दै सक्दैनन् चिचिलामै सकिन्छ, पार्टी नबन्दै समाप्त भएर जान्छ । ओलीको तर्क छ ।