काठमाण्डौँ फागुण २१ । ६४ सालको संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ करीब बुमत र समानुपातिक तर्फ ठूलो जनमत पाएको माओवादी ७० सालको निर्वाचनमा तेस्रो भयो । त्यसको दुई वटा कारण थियो पहिलो माओवादीले जनतामा व्यक्त गरेको प्रतिवद्धता अनुसार काम हुन सकेको थिएन, दोस्रो पार्टी विभाजन भएको थियो । मोहन बैद्यले क्रान्ति गर्ने भन्दै अलग्गै पार्टी बनाएर चुनाव बहिष्कार गरेका थिए ।
त्यसपछि ७४ सालको निर्वाचनमा एमालेसँग मिलेर चुनाव लडेको माओवादी जनमतका हिशाबले तेस्रो नै रह्यो । यो चुनावमा पनि बैद्यलाई छाडेर हिँडेका विप्लवले बम पड्काउदै बहिष्कार गरेका थिए ।
यसरी एकातिर जनतामा व्यक्त प्रतिवद्धता अनुसार काम हुन नसक्नु अर्कोतिर माओवादी आन्दोलनबाट आएका नेताहरुको तितर वितर र विभाजन मुख्य कारण थियो ।
एमालेसँग मिलेर नेकपा बनाएपनि लामो समय नटिकि फेरी एमाले र माओवादी बनिसकेपछि बादल समुहले प्रचण्डको साथ छाडेर ओलीसँग लागे । त्सले माओवादीको जनमत अझै घट्ने अनुमान शुरुमा गरिएको छ । तर एमाले पनि माधव नेपालको नेतृत्वमा विभाजित भएको हुनाले माओवादीले तालमेल मिलाएर , गठबन्धन गरेर भए पनि काँग्रेसपछिको ठूलो पार्टी बन्ने रणनीति लिएको छ ।
यसै बेला गठबन्धन जोगाउन भन्दै ब्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गराएपछि प्रचण्डमाथि पार्टी भित्र फेरी अर्को फरक मतको दबाब छ । नारायणकाजी श्रेष्ठ सहितका नेताले पार्टी नै छाड्न सक्ने हल्ला पछि फेरी तनाव बढेको थियो ।
तर छलफल गर्ने, फरक मत राख्ने तर पार्टी एकतावद्ध राख्ने दिशामा सबै नेताहरु सक्रिय भएर लागेकाले पार्टी विभाजन नहुनेमा धेरै युवा नेताहरु विस्वस्त देखिन्छन् ।
एक केन्द्रीय सदस्यले अब पार्टी विभाजन नहुने बरु छरिएर रहेका सबै माओवादीहरु एक ठाँउमा आउनु पर्ने आवस्यकता रहेको बताए ।
अब अन्य समुहमा विगतमा आवद्ध भए पनि अहिले माओवादीमा फर्कन चाहने सबैलाई एकतावद्ध गर्ने, अन्य पार्टी छाडेर आउनेलाई सम्मानजनक जिम्मेवारी दिने, जनतामा व्यापक मात्रामा परिचालित हुने र आगामी निर्वाचनमा दोस्रो स्थान हासिल जसरी पनि गर्नु पर्ने प्रचण्डले ब्रिफिगं गरेका छन् ।
राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले आफूले बोलेर चित्त दुखेका कुरामा आत्मसमिक्षा गर्ने भन्दै एकतावद्ध भएर निर्वाचनमा होमिन अपील गरेका छन् ।
सबै प्रदेशबाट रिपोर्टहरु संकलन गरीरहेको माओवादीले स्थानीय तहमा विगतको भन्दा केही बढी सिट जीत्ने अनुमान नेताहरुको छ । पहिला माओवादीले देशभरका १०६ वटा स्थानीय तह जीतेको थियो ।
स्थानीय तहमा पनि र संघमा पनि काँग्रेससँग पनि गठबन्धन गर्ने त्यो नभए पनि माओवादी, एकीकृत समाजवादी र उपेन्द्र यादवको जसपाबीच सहकार्य हुनेछ । त्यसको अहिले जोडघटाउ र भागबण्डाको लेखाजोखामा शीर्ष नेताहरु ब्यस्त रहेका छन् ।