साइबर अपराध न्यूनीकरण तथा रोकथाममा प्राधिकरणले भूमिका खेल्नुपर्दछ: मन्त्री कार्की

साइबर अपराध न्यूनीकरण तथा रोकथाममा प्राधिकरणले भूमिका खेल्नुपर्दछ: मन्त्री कार्की

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौँ, २० फागुन।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दूर सञ्चार सेवाप्रदायकहरूको सेवाको गुणस्तर, प्रभावकारिता र लागतसमेतको नियमित अनुगमन तथा नियमन गरी सेवाग्राहीलाई निर्दिष्ट सेवा दिलाउन नेपाल दूर सञ्चार प्राधिकरण अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

प्राधिकरण स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले त्यस्ता सेवाप्रदायकलाई दूर सञ्चार सेवाको अनुमति लिँदाका सर्तहरू पालना गराउन प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । मन्त्री कार्कीले प्राधिकरणसँग भएको ग्रामीण प्रविधि विकास कोषको उपयोग गरी मुलुकको सबै भागमा सुलभ सेवा उपलब्ध गराउन, दूर सञ्चार पूर्वाधारको विकास गर्न र दूर सञ्चार प्रविधिबाट सेवा प्रवाह गराउनका लागि सहजीकरण गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।

दूर सञ्चार सेवाको विस्तारसँगै यसका जोखिमहरू पनि बढ्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै प्रकारका क्रियाकलाप र कारोबार डिजिटल माध्यमबाट हुने भएपछि यससँग सम्बन्धित डाटाको सुरक्षा, व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाममा समेत प्राधिकरणले भूमिका खेल्नुपर्दछ ।”

मन्त्री कार्कीले दूर सञ्चार क्षेत्रको सबलीकरणका लागि यससम्बन्धी नीति र कानूनमा समयानुकूल परिमार्जन आवश्यक देखिएको बताउँदै यो प्रक्रिया छिटो सुरु गरी सम्पन्न गर्न पनि आग्रह गर्नुभयो । साथै उहाँले यसमा मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनुभयो । नेपालको दूर सञ्चार क्षेत्रको नियमन र सेवा प्रवाहको प्रभावकारिता वृद्धि गर्न प्राधिकरणले पु¥याएको योगदानका लागि उहाँले धन्यवाद दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ