फागुण २० काठमाण्डौँ । नेकपा माओवादी केन्द्र भित्र एमसीसीको विवादले बैठकमा प्रवेश पाएको छ । पार्टीको महाधिवेशनले गरेको निर्णय विपरीत एमसीसी अनुमोदन गरेको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गंभीर असहमति राखेका छन् ।
यस अघि सार्वजनिक रुपमै बिरोध गर्दै आएका नेता श्रेष्ठले आज बैठकमा पनि लामो ब्याख्या गर्दै एमसीसी विरुद्ध उभिएको स्पष्ट पारेका छन् । उनको फरकमतमाथि आईतबार केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।
यसै गरी कृष्ण बहादुर महरा, देव गुरुगं र लिलामणि पोखरेलले पनि लिखित रुपमै एमसीसी अनुमोदनमा असहमति राखेका छन् ।
अध्यक्ष प्रचण्डले गठबन्धन नजोगिने, प्रतिगमनको खतरा देखेपछि १२ बुदे ब्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन गर्नु परेको भन्दै अब चुनावमा केन्द्रीत हुन नेताहरुलाई अपील गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline