फागुण २० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बर्तमान गठबन्धन आगामी निर्वाचन सम्म जाने दाबी गरेका छन् ।
आजदेखि शुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसीको ब्याख्यात्मक अनुमोदन पछि गठबन्धन अघि जाने निश्चित भएको बताए ।
एमसीसी त्यसरी पारित नगर्दा गठबन्धन टुट्ने र फेरी प्रतिगमनतर्फ जाने खतरा रहेका कारण त्यो स्थितिमा पुग्नु परेको प्रचण्डले प्रष्ट पारेका छन् ।
उनले सभामुख बिरुद्ध एमालेले जतिसुकै प्रयास गरेपनि हटाउन नसक्ने बताएका छन् । माधव नेपाल सहित १४ सांसदलाई कार्बाही नगरेको भन्दै एमालेले सभामुखको राजीनामा माग गर्दै महाअभियोग लगाउन सक्ने चेतावनी दिँदै आएको छ ।
एक प्रसंगमा प्रचण्डले एमालेले संधै संसद अवरोध गरीरहे नयाँ निर्वाचनमा जाने विकल्पका बारेमा पनि गठबन्धनमा कुरा भएको बताए ।