रुसी राष्ट्रपति भ्लादीमीर पुटिन अक्सर कम बोल्छन् तर गर्छन् धेरै । उनको रणनीतिक चाललाई धेरैले एउटा पूर्वानुमान गरिरहेका हुन्छन् तर परिणाम आँउछ अर्कै । उनले वास्तवमा १९९९ पछि नेतृत्वमा आएर खरानीको जगबाट खडा भएको रुसलाई विश्वको महाशक्तिको रुपमा अघि बढाउदैछन् । यतिखेर वल्र्ड सुपर पावर दर्जनौँ देश सम्मिलत नेटो रुससँग प्रत्यक्ष लड्न डराईरहेको छ ।
उनले भन्ने गरेका थिए यदी लड्नु नै छ भने सबै भन्दा पहिला पन्च मार्नुस् । उनले अमेरीका र यूरोपसँग भविष्यमा लड्ने निश्चित जस्तो देखिएपछि अहिले नै उनीहरुलाई तसाईरहेका छन् युक्रेन मार्फत ।
ताजा प्रसंग छ युक्रेनको । युक्रेनमा आक्रमण गरेको ९ दिनमा रुसले युक्रेनको करीब २० प्रतिशत भूभाग कब्जा गरीसकेको छ । यो भनेको १ लाख बर्ग किलोमिटर क्षेत्र हो । युक्रेनकै ६१ लाख बढी नागरिकहरुले रुसलाई पूर्ण समर्थन गरेका छन् डोनबास क्षेत्रबाट । उनीहरुको विद्रोही लडाकु रुसी सेनाको सपोर्टमा अघि बढीरहेको छ । आणविक भट्टी , खेरसन शहर, स्नेट आईल्याण्ड सबै नियन्त्रणमा लिएर खारकिव नियन्त्रणको प्रयासमा छ । किभमा सानो स्केलमा आक्रमण गरीरहेको छैन ।
अन्तराष्ट्रिय गुप्तचर संस्थाहरुले रुसी सेना ४८ घण्टा भित्र किभ छिर्ने र ९६ घण्टा भित्र कब्जा गर्ने आकंलन गरेका थिए । तर विश्वकै दोस्रो ठूलो रुसी सेनाले त्यो रणनीति अपनाएको छैन । उसले विस्तारै किभलाई घेरीरहेको छ तर कब्जा गर्ने गरी आक्रमण गरेको छैन ।
अन्तराष्ट्रिय सैन्य विशेषज्ञहरुले सबै भन्दा आधुनिक वायुसेना र तोपखाना भएको रुसी सेनाले अझै पनि युक्रेनमा पूर्ण क्षमताका साथ किन हमला गरीरहेको छैन ? भन्दै आश्चर्य मानेका छन् ।
पुटिनले अहिले विश्वको अनुमानलाई चक्मा दिँदै अपनाएको रणनीतिलाई १९९९ मा चेचेन विद्रोही बिरुद्ध अपनाएको रणनीतिको फलोअपको रुपमा हेरिएको छ । विस्तारै वरिपरिको भूभाग कब्जा गर्दै मुख्य राजधानीलाई खास गरी सेनालाई संसाधनबाट बञ्चित गर्दै लड्ने क्षमता घटाउने र अन्तिममा आत्मसर्मण गराउने वा संक्षिप्त युद्धका भरमा दुष्मनलाई समाप्त पार्ने । उनले यही घेराबन्दीको रणनीतिका आधारमा चेचेन्यालाई मुक्त गराएका थिए ।
रुसले युक्रेनलाई कमजोर पार्न काला सागरबाट युक्रेनको कमर भाँचिदिएको छ । त्यहीबाट रुस उत्तरी र दक्षिणी क्षेत्रबाट बिस्तारै अघि बढीरहेको देखिन्छ ।
काला सागरमा रहेको खेरसन शहरलाई गुमाउनु युक्रेनका लागि ठूलो क्षति भएको छ । त्यसपछि युरोपकै ठूलो परमाणु उर्जा केन्द्र जपोरिजिया पनि आजै नियन्त्रणमा लिईसकेको छ । त्यसपछि रुसले युक्रेनलाई समुन्द्रमा जोड्ने ओडेसामा भयंकर हमला गरीरहेको छ । त्यो पनि युक्रेनले गुमायो भने उसको समुन्द्री मार्ग समाप्त हुनेछ ।
युक्रेनको दोस्रो ठूलो शहर खारकिव नियन्त्रणमा लिने अन्तिम बिन्दुमा रुसी सेना पुगिसकेको छ । लगभग केही दिन भित्र खारकिभ रुसको हातमा जानेछ ।
किभबाट अब १९ माईल नजिक छ बिशाल रुसी फौज
मिडिया रिपोर्टका अनुसार रुसी सेना अब मात्र किभबाट १९ माईल टाढा छ । त्याहाँ रुसी सेनाको सहयोगका लागि चेचेन्याका हंटर कमाण्डो पनि हजारौँको संख्यामा उत्रिसकेको छ । यसमा पुटिनले जहिले एउटा कुरा दोहोर्याउदै आएका छन् । रुस र युक्रेनका नागरिक एकै हुन् । उनीहरुको भाषा संस्कृति एकै हो भन्दै आएका छन् । खाली पुटिनले जेलेन्सकीलाई पश्चिमा कठपुतली भएको र नवनाजीवादी भएर रुसी भाषी नागरिकमाथि दमन गरीरहेको बताउने गरेका छन् । यसैका लागि कम भन्दा कम मानवीय क्षति होस् भनेर रुसले किभबाट सुरक्षित स्थानमा सर्न रुसले अपील गरीरहेको छ । किभमा वास्तविक युद्ध शुरु भएपछि थुप्रै गल्लीहरुमा युद्ध हुने भएकाले धेरै सर्वसाधारणको हताहती नहोस् भनेर रुसले युद्ध लम्ब्याएको अनुमान गर्न थालिएको छ ।
पश्चिमा देशहरुले उपलव्ध गराएका ड्रोन, हतियार र विदेशी लडाकु समेतका कारण पनि युद्ध केही लम्बिन सक्ने तर योजना अनुसार नै रुस सफल भईरहेको पुटिनले बताएका छन् ।