फागुण २० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच छलफल गर्ने भएपछि केही ढिलो गरी शुरु भएको हो ।
एमसीसी पारित भए पछि आन्तरीक विवाद बढेकाले थप छलफल समेत चलिरहेको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहित नेताहरु असन्तुष्ट रहेका छन् । आजको बैठकमा नेता श्रेष्ठले फरक मत राख्न सक्ने भनिएको छ ।
पुसमा भएको आठौँ महाधिवेशनपछि पहिलो पटक बस्न लागेको यो बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने तयारी छ।
त्यसैगरी आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनबारे पनि माओवादीले छलफल गर्दैछ।
यसै गरी पदाधीकारी चयन पनि बैठकको एजेण्डा भए पनि आन्तरीक रुपमा कसलाई बनाउने भन्ने अझै टुंगो लागि नसकेको स्रोतले जनाएको छ ।