माओवादी केन्द्रीय समितिको बैठक आजबाट शुरु हुँदै

माओवादी केन्द्रीय समितिको बैठक आजबाट शुरु हुँदै

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

फागुण २० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुरु हुँदैछ । राष्ट्रिय सभागृहमा ११ बजेदेखि बैठक शुरु हुने माओवादीले जनाएको छ । बैठकका लागि सबै जसो केन्द्रीय सदस्य उपत्यकामा आईसकेका छन् ।
महाधिवेशन र संसदीय दलको निर्णय विपरीत एमसीसी अनुमोदन गरेको भन्दै नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले पार्टी भित्र असन्तुष्टी जनाउदै आएका छन । उनीहरुले लिखित रुपमै असहमति राख्ने र गंभीर छलफल चलाउने तयारी गरेका छन् ।
बैठकको मुख्य एजेण्डा पदाधीकारी चयन र स्थानीय तहको निर्वाचन भए पनि एमसीसी ब्याख्यात्मक घोषणा सहित अनुमोदनको बिषयमा नेताहरुले राख्ने असहमतिका बिषयमा समेत छलफल हुने एक नेताले बताए ।
गत पुषमा सम्पन्न महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेपनि अझै पनि पदाधीकारी चयन हुन सकेको छैन ।
पदाधीकारीमा मुख्यगरी महासचिवमा जनार्दन शर्मा र बर्षमान पुनबीच प्रतिस्पर्धा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ