फागुण १९ काठमाण्डौँ । सत्तारुढ गठबन्धनका नेताहरुले आगामी स्थानीय र संघ तथा प्रदशेको निर्वाचनमा समेत सहकार्य गर्ने सहमति जनाएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार गठबन्धनका नेताहरुले एमसीसी ब्याख्यात्मक घोषणा सहित अनुमोदन हुनुलाई सकारात्मक भएको निष्कर्ष निकाल्दै आगामी चुनावमा सहकार्य गर्नु पर्ने अनौपचारीक निष्कर्ष निकालेका हुन् ।
दलहरु भित्रको आन्तरीक असन्तुष्टीहरुको व्यवस्थापनपछि थप गृहकार्य गर्दै जाने र चुनावमा आवस्यक तालमेल बनाउने गरी अघि बढ्ने यादवको दाबी छ ।
गठबन्धनमा काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा रहेका छन् ।
यस अघि नै जनमोर्चाले गठबन्धन छाडिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline