रुस युक्रेन युद्धबाट अमेरीका यसरी हुूँदैछ मालामालः डलरको भाउ बृद्धि, ग्यास बिक्री, हतियार उद्योग पनि फस्टाउदै

रुस युक्रेन युद्धबाट अमेरीका यसरी हुूँदैछ मालामालः डलरको भाउ बृद्धि, ग्यास बिक्री, हतियार उद्योग पनि फस्टाउदै

  • बुधबार, फाल्गुन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

दोस्रो युद्धका बेला चीनीया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुगंले अमेरीकाबारे भनेका थिए , यो उसको पहाडको टुप्पोमा बसेर बाघको लँडाई हेर्ने नीति हो ।
हुन पनि अमेरीकाले दोस्रो विश्व युद्ध ताका जापानमा अन्तिममा परमाणु बम हान्यो तर उसले पुरै युद्धमा भाग लिएन तर हतियार बेचेर थुप्रो पैसा कमायो । त्यही बलमा उ विश्वको शक्तिशाली देश बन्यो ।
अहिले रुस र युक्रेनबीचको युद्धको एउटा प्रमुख कारण अमेरीका र उसको नेटो एलाईन्स मुख्य कारण ठान्दछन् विष्लेषकहरु । रुस युक्रेन युद्ध शुरु भएको एक साता भित्रै रुसमाथि कैयौ प्रतिवन्ध अमेरीका र नेटोले लगाईसकेको छ ।
रुसमाथिको आर्थिक प्रतिवन्धबाट सोझै लाभ पाउने भएपछि जो बाईडेनले मर्न मार्न युक्रेनमा सेना पठाउने निर्णय भने गराएका छैनन् । यो प्रतिवन्धपछि अमेरीकी डलरको भाउ बृद्धि हुनेछ र रुसी मुद्रा रुबेलको भाउ कमजोर जसबाट अमेरीकाले सोझै नाफा कमाउनेछ ।
अर्को रुस युक्रेनबाट युरोपमा ठूलो परिणाममा प्राकृतिक ग्यासको निर्यात हुने गर्दछ । त्यो अहिले घटेको छ । रुस जर्मनी ग्यास पाईपलाईन नर्ड स्ट्रीम २ पनि प्रतिवन्धित छ । ग्लोबल टाईम्सले प्रकाशित गरको आँकडा अनुसार २०२१ मा रुसले युरोपमा १९६.६ बिलियन क्युबिक मिटर प्राकृतिक ग्यास निर्यात गरेको थियो । यो रुसको बैदेशिक निर्यातको ८१ प्रतिशत हो । युक्रेन संकटपटि यो निर्यात ७२ अर्ब क्युबिक प्रतिवर्षमा सीमित हुनेछ । यसबाट फाईदा लिन अमेरीकाले सन् २०२२ मा आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमता बढाएर एक ट्रिलियन क्युबिक मिटर पुर्याएको छ र उसले खरीदकर्ता खोजीरहेको छ । जुन ठूलो मात्रामा युरोप बाहेक अन्त सप्लाई गर्न उसलाई गाह्रो थियो । रुसलाई प्रतिवन्ध गरिदिएपछि अब युरोप अमेरीकाको प्राकृतिक ग्यासको बजार हुनेछ ।
अर्कोतिर रुसी बैंक प्रतिवन्धित भएपछि र स्वीफ्ट सिस्टमबाट रुसलाई अलग गरेपछि रुबेल कमजोर हुन थालेको छ । यसबाट अमेरीकाले भारी लाभ हासिल गर्नेछ ।
यसै गरी नेटोको हैसियतमा अमेरीका र युरोप मिलेर रुसलाई प्रतिवन्ध गरेका कारण रुसको युरोपसँगको ब्यापारमा कमी आएको छ । रुसले सन् २०२१ मा युरोपसँग २८२ अर्ब डलरको ब्यापार गरेको थियो । जुन कुल रुसी ब्यापारको ३५.७ प्रतिशत थियो । जब कि रुस र अमेरीकाको ब्यापार मात्र ३४ अर्ब डलर बढी थियो । यही मौकामा अमेरीकाले युरोपसँगको आफ्नो ब्यापार बृद्धि गर्न शुरु गरेको छ ।
अन्त्यमा अमेरीकाले हतियार बेचेर भारी पैसा कमाउने सुर कसेको छ । युरोप र रुसबीच संकट थपिदिएपछि रुसको त्रासले जर्मनी सहित थुप्रै युरोपेली देशले रक्षा बजेट बढाउने घोषणा गरीसकेका छन् । यसरी रक्षा खर्च बढाएपछि अमेरीकाले उत्पादन गर्ने अत्याधुनिक हतियार प्रणाली र उपकरण युरोपमा बिक्री हुने र आफूले पैसा कमाउने अमेरीकाको आशा पलाएको छ ।
अमेरीकाले चीनको डर देखाएर ताईवानलाई हतियार बेचिरहेको छ भने रुसको डर देखाएर युक्रेन र अब युरोपेली मुलुकमा हतियार बेच्ने विष्लेषकहरुको तर्क छ । अमेरीकाको यही आर्थिक र प्रविधिको आधार हो जसबाट उसले प्रजातन्त्रका नाममा संसारमा आफनो प्रभुत्व कायम गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी