काठमाडौं फागुण १८। प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
आज दिँउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गर्नेछन् ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेश गर्ने सूची तय गरिएको छ ।
त्यसैगरी, ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा पनि एमालेको नाराबाजी भने कायम रहने छ । एमालेले संसद बैठक अबरुद्ध नगर्न १४ सांसदमाथि कार्बाही वा सभामुखको राजीनामा हुनु पर्ने माग गर्दै लामो समयदेखि संसदमा नाराबाजी गरीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline