चीन र भारत तठस्त रहेका बेला रुस युक्र्रेन युद्धमा नेपाल सक्रिय बन्दै ?

चीन र भारत तठस्त रहेका बेला रुस युक्र्रेन युद्धमा नेपाल सक्रिय बन्दै ?

  • बुधबार, फाल्गुन १८, २०७८
  • प्रधानमन्त्री देउवा र अमेरीकी विदेशमन्त्रीबीच कुराकानी

  • 16.4K
    SHARES

फागुण १८ काठमाण्डौँ । रुस र युक्रेनबीच एक सातादेखि जारी युद्धका बीच छिमेकी मुलुक चीन र भारत समेत तठस्त रहेका बेला नेपालले सक्रियता देखाएको छ । नेपालले राष्ट्रसंघीय मानव अधिकार परिषद्मा युक्रेनको पक्षमा मतदान गरीसकेको छ ।
त्यसै गरी प्रधानमन्त्री देउवाले अमेरीकी विदेशमन्त्री ब्लिन्कनसँग छलफल गरेका छन् ।
हिजो साँझ टेलिफोनमा ब्लिन्कनले देउवासँग कुराकानी भएको ट्वीटर मार्फत जानकारी दिएका छन् ।
‘रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग कुराकानी भयो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं।’
संसदबाट एमसीसी पास भएपछि प्रधानमन्त्रीले अमेरीकी अधिकारीसँग कुराकानी गरेका हुन् ।
राष्ट्रसंघमा नेपालका प्रतिनिधिले वार्ता मार्फत समस्याको समाधान गर्न दुबै देशलाई अनुरोध समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ