काठमाडौँ, १७ फागुन । द्वन्द्वग्रस्त युक्रेनबाट २९८ नेपाली सुरक्षित रुपमा बाहिएका छन् । सोमबार रातिसम्ममा २९८ जना नेपाली सुरक्षीत बाहिरिन सफल भएको युक्रेन मामिला हेर्दै आएका नेपाली राजदूत रामकाजी खड्काले बताए । जसमध्ये २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगेका छन् ।
यस्तै जर्मनस्थित नेपाली दूतावासका अनुसार रुसको हमालबाट त्रसित खार्किभ सहरमा फसेका तीन नेपाली पनि त्यहाँबाट निस्किएर सुरक्षित स्थानतर्फ लागेको
मेडिकल अध्ययन गर्न पुगेका नेपालीले खार्किभ छोड्न सफल भएका हुन् । उनीहरु रेल चढेर सुरक्षित स्थानतर्फ गइरहेका जनाइएको छ ।
एक जना नेपाली यूवती भने खार्किभ मा नै रहेको बताईएको छ । उनी भारतीय विद्यार्थीहरुसँगै सुरक्षित रहेको र उनलाई भारतीय विद्यार्थीसँगै उद्धारको तयारी भइरहेको पनि राजदूत खड्काले बताए ।
रूसले फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेदेखि उनीहरु खार्किभ छोड्न सकिरहेका थिएनन् । मंगलबार बिहान खार्किभमा एक भारतीय विद्यार्थी मारिएको भारतले जनाएको छ ।
हालसम्म दूतावाससँग भने २ सय ५८ जनामात्रै सर्म्पकमा पुगेका छन् । दूतावासको सर्म्पकमा भएकामध्ये अझै ४० जना नेपालीहरु युक्रेनको सीमामा रोकिएका छन् । सीमामा रोकिएकाहरुलाई प्रवेश दिनको लागि व्यक्तिगतरुपमै पत्र पठाइरहेका राजदूत खड्काले बताए ।उक्त पत्र देखाएर उनीहरुलाई युक्रेनको सीमा छोड्न सहज हुने उनको भनाई छ ।