फागुण १७ काठमाण्डौँ । हिजो एमालेको पार्टी कार्यलयमा आगजानी गर्दै काँग्रेसको कार्यलयमा तोडफोड भएपछि बन्दकर्तालाई अश्रुग्यास हानेर तितिर वितर पारेको प्रहरीमाथि आज प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
कफ्र्यु घोषणा गरेपछि सडकमा रहेका प्रहरीमाथि बन्दकर्ताले ढुंगामुडा बर्साउदा २० जना प्रहरी घाईते भएका छन् ।
त्यसपछि प्रहरीले भीड तितर वितर पार्दै २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
एमसीसी राष्ट्रघाती बन्दै हिजो साना कम्युनिष्ट पार्टी तथा समुहले गरेको बन्दका क्रममा साँझ पार्टीहरुको कार्यलयमा आगजानी, तोडफोड शुरु भएपछि प्रशासनले आज बेलुका सम्मका लागि कफ्र्यु लगाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline