विश्वमा सबै भन्दा धेरै एटम बम रुससँग : २० मिनेटमा बेलायत र ३० मिनेटमा अमेरीकामा खसाल्न सक्ने क्षमता

विश्वमा सबै भन्दा धेरै एटम बम रुससँग : २० मिनेटमा बेलायत र ३० मिनेटमा अमेरीकामा खसाल्न सक्ने क्षमता

  • मङ्लबार, फाल्गुन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 32.4K
    SHARES

एजेन्सी फागुण १७ । पृथ्वी एकातिर जलजायु परिवर्तन, महामारी आदिका कारण ठूलो संकटमा परेका बेला ७७ वर्षपछि फेरी परमाणु युद्धको खतरा नजिक पुगेको भन्दै चिन्ता जनाउन थालिएको छ ।
रुसले युक्रेनमा डोनबास क्षेत्रमा रुसी भाषी नागरिकमाथि दमन गरेको भन्दै असैन्यकरण गर्ने घोषणा सहित हमला गरेको पाँचौँ दिन देखि परमाणु हतियार समेत हाई अलर्ट गरेपछि त्यो संसय बढेको छ ।
७७ वर्ष अघि अमेरीकाले जापानको हिरोसिमा र नागाशाकीमा परमाणु बम खसाल्दा लाखाँै मानिसको केही मिनेटमै ज्यान गएको थियो भने पुरै शहर मरुभूमि भएको थियो ।
अहिले युक्रेन मामलालाई लिएर रुसलाई आईससोलेट गर्ने नाकाबन्दी र प्रतिवन्ध लगाउने मात्र हैन रुस बिरुद्ध लड्न हतियार, पैसा र लडाकु विमान दिनथालेपछि अमेरीका र नेटोसँग रुस थप चिडिएको छ ।
रुसी राष्ट्रपति पुटिनले युक्रेनमा सैन्य अप्रेशन शुरु गर्नु अघि नै भनेका थिए, यदी यो बीचमा कोही पनि आयो भने त्यस्तो परिणाम भोग्ने छ, जो ईतिहासमा कहिल्यै देखेको छैन ।
अहिले रुससँग संसारकै सबै भन्दा धेरै ६ हजार २ सय ५५ वटा एटम बम रहेको छ । जब कि अमेरीकासँग मात्रै ५८ सय परमाणु हतियार रहेको छ ।
विश्वमा अमेरीका, रुस, चीन, भारत, पाकिस्तान, ईजरायल, उत्तरकोरीया, ब्रिटेन र फ्रान्ससँग परमाण हतियार रहेको छ ।
रुसको परमाणु हतियारका प्रमुखले यदी रुस असुरक्षित हुन्छ भने पश्चिमाहरु सुरक्षित रहने छैनन् भन्दै कडा चेतावनी दिएका छन् । अहिले रुसले तत्कालै प्रहार गर्न सक्ने ५ सय वटा परमाणु हतियार हवाई अड्डा, समुन्द्र र स्थलगत रुपमा तयार पारेको छ । रुसले यसलाई विश्वकै तीव्र गतिको हाईपरसोनिक मिसाईल जारकन मार्फत प्रहार गर्न सक्ने अनुमान गरिएको छ ।
रुसले शैतान नाम दिईएको परमाणु अस्त्रले २० मिनेटमा बेलायत र ३० मिनेटमा अमेरीकालाई ध्वस्त पार्न सक्ने पूर्वानुामान गरिएको छ । यद्यपि, रुसमाथि पनि ती देशहरुले परमाणु हमलाको जवाफमा त्यस्तै प्रकारको आक्रमण गर्न सक्छ ।
एक रुसी सांसदले युक्रेनमा परमाणु हमला नगर्ने तर रुसमाथि कुनै खतरा नेटोबाट हुनासाथ ती देशहरुमा भने आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी