एमसीसी पारित भएपछि फेरी चीन बोल्योः ब्याख्यात्मक घोषणालाई हेरिरहेका छौँ

एमसीसी पारित भएपछि फेरी चीन बोल्योः ब्याख्यात्मक घोषणालाई हेरिरहेका छौँ

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी फागुण १६ । नेपालबाट ब्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएपछि चीनले प्रतिकृया दिएको छ ।
यस अघि अमेरीकाले धम्कीपूर्ण कुटनीति शुरु गरेको भन्दै आलोचनामा उत्रिएको चीनले आज यो ब्याख्यात्मक घोषणालाई हेरिरहेको प्रतिकृया दिएको छ ।
सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।
प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ