फागुण १६ काठमाण्डौँ । नेपाली काँग्रेसले प्रतिपक्षी एमालेले पनि एमसीसी अनुमोदनमा स्वीकृति जनाएको स्पष्ट पारेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले राजनीतिक कारणले मात्रै प्रकृयामा सहभागी नभए पनि एमालेले एमसीसीमा स्वीकृति जनाएको बताए ।
एमसीसीबारे संसदको ब्याख्यात्मक घोषणा कागजको खोस्टो मात्र नभएको भन्दै यो घोषणा अमेरीकाले पनि स्वीकार गरेको महतले बताए ।
एमसीसीका बारेमा रहेका भ्रम अब चिरिएको भन्दै अझै भ्रम छ भने त्यसलाई काँग्रेसले जनतामा थप स्पष्ट बनाउदै जाने उनले उल्लेख गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline