अमेरीकाले संसदको घोषणा नमाने एमसीसी स्वत खारेज हुन्छः प्रचण्ड

अमेरीकाले संसदको घोषणा नमाने एमसीसी स्वत खारेज हुन्छः प्रचण्ड

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

फागुण १६ काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिला नेकपाकै सरकार भएका बेला पार्टीका नेताहरुले संसोधन विना पारित गर्न नहुने भन्दा भन्दै तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जबरजस्ती संसदमा दर्ता गराएका कारण एमसीसीमा आजको अवस्था आएको बताएका छन् ।
एमसीसी ब्याख्यात्मक घोषणासँगै पारित भएपछि आज पत्रकार सम्मेलन गर्दै प्रचण्डले नेकपा भित्र पनि यसलाई संसोधन गर्ने या संसदबाट बिशेष प्रस्ताव पारित गरेर मात्रै एमसीसी अघि बढाऔँ भन्दा ओली नमानेको स्पष्ट पारे ।
शुरुमा एमसीसी सम्झौता आईपिएस वा कुनै पनि सैन्य रणनीतिको अंगको रुपमा नरहेको र प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्रीको हेसियतमा अमेरीकाको भ्रमणमा गएर छलफल गरेपछि त्यो विषयले प्रवेश पाएको प्रचण्डको भनाई छ ।
ब्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गर्न आफूले नै प्रस्ताव राखेको र गठबन्धनले सहमति जनाएको उनको भनाई छ ।
संविधान, लोकतन्त्र र शान्ति नै खतरामा पर्ने भएपछि नयाँ उपाय खोजेर एमसीसी अनुमोदन गरिएको प्रचण्डले स्पष्ट पारे ।
आफूले देश विदेशमा रहेका बरिष्ठ अन्तराष्ट्रिय कानुनका विज्ञहरुसँग परामर्श गरेर यो घोषणाको निष्कर्षमा पुगेको र त्यो कानुनी मान्यता पाउने तहमा रहेको र अमेरीकाले मान्ने संकेत दिएको प्रचण्डको दाबी छ ।
यदी संसदको यो घोषणा नमाने एमसीसी स्वतः खारेज हुने प्रचण्डले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ