फागुण १५ काठमाण्डौँ । सरकारले गठबन्धनले तयार पारेको ड्राफ्ट अनुसार एमसीसी अमेरीकी सैन्य रणनीतिसँग सम्बन्धित नरहेको, यदी त्यसो भएमा यो लागू नहुने, विशुद्ध अनुदान सहयोगको रुपमा स्वीकार्ने गरी एमसीसी संसदबाट अनुमोदन गराएको छ ।
नेपालले अमेरीकासँग सम्झौता गरको पाँच वर्षपछि यो संसदले आज राति अनुमोदन गरेको हो ।
गठबन्धन दलका सांसदहरुको बहुमतले यो स्वीकृत भएको छ ।
गठबन्धनकै कतिपय सांसदले मतदानमा भाग नलिए पनि यो सदनको बहुमतले पारित भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गर्र्नुभएको थियो । सो प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो । लामो बहस र विवादपछि उक्त सम्झौता आज पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।