फागुण १५ काठमाण्डौँ । लामो रस्साकस्सीका बीच एमसीसी अनुमोदन गर्न अहिले संसदको बैठक जारी छ ।
बैठकले एमसीसी अनुमोदन गर्नेछ । गठबन्धनले गरेको सहमति अनुरुप एमसीसीप्रति व्याख्यात्मक घोषणा गरेसँगै सोही बमोजिम एमसीसी अनुमोदन हुनेछ ।
सरकारले एमसीसी सैन्य रणनीतिको अंग भएमा लागू नगर्ने निर्णय गर्दै सहयोग र अनुदानको रुपमा मात्र स्वीकार गर्ने भन्दै अनुमोदन गर्न लागेको हो ।
केही सांसदले बिपक्षमा मत दिने र केहीले अनुपस्थिति जनाउने देखिए पनि बहुमतले एमसीसी अनुमोदन हुने निश्चित बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline