फागुण १५ काठमाण्डौँ । लामो रस्सा कस्सी पछि एमसीसीका विवादीत विषयलाई थप ब्याख्यात्मक घोषणा गरेर संसदबाट यो परियोजना अनुमोदन गर्न गठबन्धन भित्र सहमति बनेको छ ।
यसलाई अन्तिम रुस दिन आज बालुवाटारमा गठबन्धनको बैठक बस्दै छ । माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा विवादास्पद प्रावधानहरुलाई बिशेष ब्याख्या र संवोधन गर्ने र यसलाई अनुदानको रुपमा स्वीकृत गरेर पारित गर्ने निर्णय गरेको छ ।
आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा यस्तो निर्णय गर्ने क्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेल र गिरीराजमणि पोखरेलले असहमति जनाएका छन् ।
तर पनि यही आशयको निर्णय सहित प्रचण्ड बालुवाटार तर्फ जाने तयारीमा छन् ।
यता एकीकृत समाजवादीले पनि सोही प्रकारको निर्णय लिन सक्ने बताईएको छ ।
यसो भएमा आजदेखि संसदमा एमसीसीमाथिको छलफल शुरु भई भोली अनुमोदन हुनेमा प्रधानमन्त्री विश्वस्त देखिएका छन् ।
उनले गठबन्धनका दलहरुले साथ नदिए एमालेको साथमा एमसीसी अनुमोदन गराउने तयारी गरे पनि एमालेले पहिला आफ्ना शर्त राखेपछि देउवा सकसमा परेका थिए ।
गठबन्धन र सरकार टिकाउने शर्तमा माओवादीले यो निर्णय गरेको अनुमान गरिएको छ ।