काठमाडौं फागुण १४ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट कुनै पनि हालतमा पारित नहुने बताएका छन् ।
उनले अहिलेको यही अवस्थामा एमसीसी पारित नहुने दाबी गर्दै मध्यमार्गी बाटोबारे आफू जानकार नभएको बताए ।
शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय एमसीसी अनुमोदनसँगै जोडिएको बताए ।
खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन गरेर मात्र पारित गर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline