फागुण १४ काठमाण्डौँ । सरकारले विरोध र विवादका बीच संसदमा फागुण ८ गते टेबल गरेको एमसीसी परियोजनाका बारेमा अहिले सम्म संसदमा छलफल समेत शुरु हुन सकेको छैन ।
माओवादी र एकीकृत समाजवादीले बिपक्षमा मत दिने भनेपछि काँगे्रस एमालेसँग निरन्तर छलफलमा छ ।
तर एमालेले एमसीसीको बिपक्षमा आफुहरु जान नसक्ने तर गठबन्धन तोड्नु पर्ने, माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गर्नु पर्ने र सभामुखले राजीनामा दिनु पर्ने अडान राखेका कारण प्रधानमन्त्री प्रचण्ड तयार नभए गठबन्धन तोड्ने निष्कर्षमा पुगेका हुन् ।
भोली संसदको बैठक भएका कारण आज नै राजनीतिक रुपले गठबन्धनका बारेमा छिनोफानो हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ ।
माओवादीले आधिकारीक रुपमा एमसीसी बिरुद्ध मत दिनु पर्ने निर्णय गरेको छ । तर पनि गठबन्धन जोगाउन अन्तिम सम्म प्रयास गर्ने भन्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline