नेकपा एमालेले एमसीसीबारे आफूहरुको धारणा स्पष्ट रहेको काँग्रेसलाई आस्वस्त तुल्याएको छ । तर त्यो भन्दा अघि संसदमा आफूहरुले प्रवेश गर्ने वातावरण बनाउन माधव नेपाल सहित १४ सांसदलाई कार्बाहीको सूचना टाँस्न लगाउनु पर्ने अडान भने दोहोर्याएको छ ।
बालकोट स्थित एमाले अध्यक्ष ओली निवासमा आज साँझ दुबै दलका नेताहरुबीच भएको छलफल पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने र स्पष्ट दिशा दिने पनि बताए ।
सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले दुबै दलले दुई कदम अघि बढ्नु पर्ने बताए ।
छलफलमा देउवाले अधिकतम राष्ट्रिय सहमतिका साथ एमसीसी अनुमोदन गर्न भन्दै ओलीलाई सहयोगका लागि आग्रह गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline