नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसीलाई शंसोधन नगरी यही अवस्थामा पारित गर्ने कुरामा पार्टी सहमत नभएको र बिपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन् ।
आज बसेको पूर्व स्थायी समिति सदस्यहरुको अनौपचारीक छलफलमा एमसीसीलाई निष्कर्षमा पुर्याएर गठबन्धन कायम राख्नु पर्ने कुरा भएको भन्ने भ्रामक प्रचार भएको उनले बताए ।
राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकुलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्विकार नगर्ने र संसदबाट पारित नगर्नेमा पार्टी स्पष्ट भएको श्रेष्ठले बताए ।
यस अघि माओवादी संसदीय दलले पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भन्दै बिपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline