प्रधानमन्त्रीको सन्देश सभामुखसमक्ष पुगेपछि स्थगित भयो प्रतिनिधिसभाको बैठक, आइतबार पुनः बस्ने

प्रधानमन्त्रीको सन्देश सभामुखसमक्ष पुगेपछि स्थगित भयो प्रतिनिधिसभाको बैठक, आइतबार पुनः बस्ने

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाको बैंठक आइतवारसम्मका लागि स्थगित भएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको आग्रहमा शुक्रवारको बैंक स्थगित गरिएको जनाईएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुन एक घण्टाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश बोकेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए । उक्त भेटको सुरुमा नै मन्त्री बडूले बैठक आइतबार १ गतेसम्मका लागि सार्न आग्रह गरेका थिए । सोही आग्रहअनुसार सभामुखले बैठक सारेका थिए ।

शुक्रबारको बैठकमा एमसीसीमाथि सामान्य छलफल गर्नुका साथै यसको सैद्धान्तिक पक्षबारे सांसदहरूले धारणा राख्ने कार्यसूची थियो । सामान्य छलफलमा भाग लिने सांसद्लाई पाँच मिनेटको समय दिइने कार्यव्यवस्था समितिको बिहीबारको बैठकले नै तय गरिसकेको थियो ।

कार्यव्यवस्था समितिले बिहीबार बैठकको कार्यसूचीलाई अन्तिम रूप दिएपछि प्रधानमन्त्री देउवाले स्थगित गर्न संसद् बैठक आग्रह गरेका थिए ।

प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको मन्त्रीले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ । जवाफ दिने मन्त्रीले निर्णयार्थ प्रस्तुत गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सापकोटाले एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । उक्त प्रस्ताव ध्वनी मतबाट पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत हुनेछ । तर, सत्ता गठबन्धनकै सांसदहरूले विरोध गरिरहेका छन् र त्यसमा मत विभाजन मागे सभामुखले प्रतिनिधिसभा नियमावली अनुसार मत विभाजन गर्नुपर्नेछ ।

सैद्धान्तिक छलफलपछि नै मतविभाजन भएर एमसीसी अस्वीकृत हुने सम्भावना देदेपछि प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनेगरि वातावरण बनाउने कसरत गरिरहेका छन् । सोहि कारण प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक पनि सारिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ