युक्रेनका राष्ट्रपतिले आँशु झार्दै भनेः संसारले यो युद्धमा हामीलाई एक्लै छाड्यो

युक्रेनका राष्ट्रपतिले आँशु झार्दै भनेः संसारले यो युद्धमा हामीलाई एक्लै छाड्यो

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 85.4K
    SHARES

युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुसी आक्रमणपछि अत्यन्त भावुक सन्देश दिएका छन् । उनले रुसी भाषामा समेत संवोधन गरेका छन् । उनले किन हामीमाथि आक्रमण गर्नु हुन्छ भन्दै रुसमाथि प्रश्न गरेका छन् ।
साथै उनले आफू देश छाडेर नजाने र रुसको पहिलो टार्गेट आफू भएको पनि बताए । उनले आँशु झार्दै भनेका छन्, मेरो श्रीमती, बच्चाहरु, देशका नागरिकहरु युद्धको निशानामा परेका छन् । तर पनि दुनियाँले हामीलाई यो युद्धमा एक्लै छाड्यो । उनले भिडियो सन्देशमा व्यक्त गरेका छन् ।
अमेरीका र नेटोले रुसी आक्रमणको बिरोधमा प्रतिवन्धको घोषणा बाहेक अन्य केही गर्न नसकेको र यो युद्ध युरोपकै लागि खतरा भएको पनि जेलेन्सकीले बताएका छन् ।
उनले रुसी राष्ट्रपतिसँग आफूले संवाद गर्न खोजेको तर पुटिनले फोन नउठाएको भन्दै फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनलाई भनिदिन आग्रह गरेका थिए ।
सो बमोजिम म्याक्रोनले पुटिनसँग टेलिफोन संवाद गरेका थिए ।
उच्च स्रोतहरुका अनुसार पुटिन युक्रेनसँग वार्ताका लागि तयार छन् तर आत्मसमर्पण गर्नु पर्ने शर्तमा ।
अमेरीकाले युक्रेनले रुस विरुद्ध आफै लड्नु पर्ने र सेना नपठाउने बताएपछि जेलेन्सकी थप भावुक बनेका हुन् ।
रुसको सैन्य आक्रमणको दुई दिन भित्रै राजधानी किभमा रुसी सेनाले घेरा हाल्दैछ । जल, थल र हवाई क्षेत्रबाट भारी मात्रामा सैन्य संरचनाहरु ध्वस्त पार्दै रुस अघि बढीरहेको छ । लाखाँै युक्रेनी नागरिकहरु रुदै बंकरभित्र बसेका छन् ।
संसारभरबाट बिरोध जारी रहे पनि रुसले आक्रमण रोखेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी