संसदको अवरोध हटाउन र एमसीसीको बिपक्षमा मतदान गर्न प्रचण्डले गरेको आग्रह अस्वीकार गरेका एमाले अध्यक्ष केपी ओली साँझ प्रधानमन्त्री देउवासँग छलफल गरीरहेका छन् । दिँउसो वानेश्वरको छलफलपछि साँझ सात बजे फेरी काँग्रेस र एमालेका नेताहरु छलफलमा जुटेका हुन् ।
प्रचण्डलाई ओलीले एमसीसी राष्ट्रघाती नभएको र राष्ट्रघाती भएको भए मैले किन अघि बढाउथे र ? भन्दै पछि फेरी छलफल गरौँला भनेर जवाफ दिएका थिए ।
त्यसपछि ओली सहितका नेता बालुवाटार पुगेका हुन् ।
वालुवाटारमा पनि एमालेले सभामुख र माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गर्नु पर्ने र त्यसपछि संसद खोलेर एमसीसी पास गराउन सहयोग गर्ने शर्त राखिरहेका छन् ।
माओवादी सहमतिमा नआउने देखेपछि प्रधानमन्त्री देउवा त्यसका लागि पनि तयार भएको बताईए पनि ठोस सहमति हुन बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline