साँझ ७ बजे फेरि बस्ने गरि सकियो कांग्रेस एमाले बैठक

साँझ ७ बजे फेरि बस्ने गरि सकियो कांग्रेस एमाले बैठक

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

फाल्गुन १२, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको बैठक पुनः बस्नेगरि सकिएको छ । प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको बैठक साँझ ७ बजे फेरि बस्ने गरी सकिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए । उनका अनुसार बैठक बेलुका ७ बजे बालुवाटारमा बस्नेछ ।

बैठकमा देउवाले अमेरिकी सहायता परियोजना एमसीसीको छलफलमा सहभागी भइदिन एमालेसँग आग्रह गरेका थिए । एमसीसी विषय अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले जसरी पनि टुंगो लगउनुपर्ने भएकाले संसद अवरोध खोलाएर छलफलमा भाग लिन आग्रह गरेको कांग्रेस महामन्त्री गगन थापाले बताए।

यस्तै  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद् कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले अब सहमतिमै संसद्‌ सञ्चालन हुने पनि बताए । संसद्‍मा जति राजनीतिक दल छन् ती सबै दलको सहमतिमा संसद् सञ्चालन हुन्छ, कार्कीले भने ।

मन्त्री कार्कीले एमसीसीका बारेमा संसद्‍मा गहन छलफल गर्नका लागि पनि संसद् सुचारु गर्नुपर्ने अवस्था रहेको बताउँदै समयसीमाभित्र नै एमसीसीले यथोचित निकास पाउने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ