नेपालले युक्रेनमाथि रुसले गरेको हमला पछि नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत युक्रेनको दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्ने रुसी कदम संयुक्त राष्ट्रसंघीय बडापत्र विपरीत रहेको भन्दै विरोध जनाएको हो ।
नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ।
नेपालले सम्बन्धित पक्षलाई तनाव नचर्काउन पनि आग्रह गरेको छ।
त्यस्तै नेपालले सार्वभौमसत्तासम्पन्न देशमाथिको कुनै पनि अवस्थामा हुने आक्रमणको विरोध गर्ने र कुनै पनि संघर्षको शान्तिपूर्णरुपमा कूटनीति र संवादबाट हल खोज्नुपर्ने धारणा व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline