एमसीसी अनुमोदन हुनेमा काँग्रेस ढुक्कः एकीकृत समाजवादी र जसपाका आधा भन्दा बढी सांसदले पार्टी निर्णय विपरीत मत दिने ?

एमसीसी अनुमोदन हुनेमा काँग्रेस ढुक्कः एकीकृत समाजवादी र जसपाका आधा भन्दा बढी सांसदले पार्टी निर्णय विपरीत मत दिने ?

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेपाली काँग्रेसका नेताले गरेको पछिल्लो गृहकार्यपछि संसदबाट एमसीसी अनुमोदन हुनेमा ढुक्क देखिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार पार्टी आधिकारीक रुपमा एमसीसीको बिपक्षमा देखिए पनि एकीकृत समाजवादी भित्र प्रेम आले र रामकुमारी झाँक्री सहित एक दर्जन बढी सांसदले मत दिने बचन दिएका छन् ।
यसै गरी जसपा भित्र बाबुराम भट्टराई सहित १० भन्दा बढी सांसदले मत दिने तयारी भएको काँग्रेस नेताको दाबी छ । पार्टीले ह्वीप लगाए पार्टी विभाजन नै भएर भए पनि एमसीसीका पक्षमा ती सांसदहरु उभिने छन् । ह्वीप नलगाए स्वतः मत दिने छन् ।
अर्कोतिर एमाले मतदानमै सरीक भएमा भीम रावल सहित केही सांसद बाहेक सबैले मत दिने काँग्रेसको दाबी छ । एमसीसीको पक्षमा हामी छौँ, तर सभामुख र माधव नेपालहरुलाई कार्बाही हुनु परयो भन्ने मात्र उहाँहरुको माग छ , ती नेताले भने ।
सभामुखले ध्वनी मत भन्दा पनि लिखित मत विभाजन गराउने सोँच बनाएका छन् ।
त्यसो गर्दा पनि एमालेले नाराबाजी नै गरिरहे उनीहरुलाई सहभागीतामा गणना नगरी बाँकी उपस्थित सांसदको आधामा हुँदा माओवादी, एकीकृत समाजवादीका केही, जसपाका केही , जनमोर्चा, राप्रपा र नेमकिपा बिपक्षमा उभिदा पनि बहुमत पुग्ने गणीतीय हिशाब तयार पारेर नेताहरुले प्र्रधानमन्त्रीलाई ब्रिफिगं गरीरहेको बुझिएको छ ।
माओवादी एमसीसी पनि फेल गर्ने र गठबन्धन पनि जोगाउने नीतिमा भए पनि काँग्रेसले या पक्षमा उभिन या गठबन्धन छोड्न चेतावनी दिईसकेको छ । एमाले पनि यो गठबन्धन भत्काउने योजनामा रहेकाले माओवादी एकमतले विपक्षमा उभिए पनि एमसीसी रोक्न सक्ने स्थितिमा नहुने हो कि भन्ने चिन्ता पार्टी भित्र छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ