सरकारले जसरी पनि अमेरीकाले दिएको टाईमलाईन भित्र एमसीसी अनुमोदन गर्ने गरी अघि बढेपछि संसद भवन बाहिर आज पनि विभिन्न दल र समुहहरुले प्रदर्शन गर्ने भएका छन ।
आज माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी र वाईसिएल, एकीकृत समाजवादीको जनवर्गीय संगठनहरु, बैद्य, विप्लव नेतृत्वका साना कम्युनिष्ट घट्टकहरु मात्र हैन घोषित अघोषित रुपमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा बोल्दै आएका समुहहरुले पनि प्रदर्शन गर्ने बताईरहेका छन् ।
उनीहरु एमसीसी खारेजीको पक्षमा प्रदर्शन गरीरहेका हुन् । आज पनि यस अघिको जस्तो हिंसात्मक झडप नहोस् भनेर प्रहरीले संसद भवन बाहिर काँडेतार लगाएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।
गृहमन्त्रालयले यस अघि नै विज्ञप्ति जारी गरेर हिंसात्मक गतिविधि नगर्न चेतावनी दिईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline