काठमाडौं फागुण १२ । विवादास्पद एमसीसी परियोजनाका बारेमा आजदेखि संसदमा छलफल हुने भएको छ ।
अमेरीकाले दिएको टाईमलाईन भित्र एमसीसी पास गर्नका निम्ती सरकारले फागुण ८ गते संसदमा टेबल गरेको थियो ।
एमसीसीको बिपक्षमा स्वयं गठबन्धन दल भित्रै मत छ भने बाहिर पनि ठूलो जनमत छ । यसका बाबजुद सरकार एमसीसी पारित गराईछाडने दाउमा छ ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा) भित्र डा. बाबुराम भट्टराई समूह मात्र एमसीसीको पक्षमा देखिन्छ ।
संसदमा नाराबाजी गर्दै आएको एमाले एमसीसीको पक्षमा भए पनि उसले आफनो माग संवोधन हुनु पर्ने भन्दै संसदको अवरोध खोलेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा अबको दुई दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा लागेका छन् ।
देउवालाई १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले साथ दिने निर्णय गरेको छ ।
संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ ।