एमाले अब फेरी सत्तामा आउछ : ओली

एमाले अब फेरी सत्तामा आउछ : ओली

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फेरि पनि सत्तामा आउने दाबी गरेका छन् ।
आज ओलीको ७१ औं जन्मोत्सवका अवसरमा ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पण गर्दै ओलीले एमालेलाई जनताले फेरी पनि सत्तामा पुर्याउने दाबी गरे । उनले देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्र रहेको पनि ठोकुवा गरे ।
आफू जेल पर्दा पनि नेपाली जनताले निकालेको भन्दै गुट बनाएर एमालेलाई लडाउन खोजे पनि जनताको सहयोगका कारण नै एमाले उठेको उनको भनाई छ ।
त्यसक्रममा उनले आफ्नो ७० वर्षे जीवनकालमा भोगेका र अनुभव गरेका कुराहरूको स्मरण गर्दै सबैको साथले आफु यो अवस्थामा पुगेको बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार स्नेह सायमी, गायिका आनी छोइङ डोल्मा कुटनीतिज्ञ नीलाम्बर आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार स्नेह सायमी, गायिका आनी छोइङ डोल्मा ,कुटनीतिज्ञ नीलाम्बर आचार्य र डा।जगमान गुरुङले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ