फागुण ११ काठमाण्डौँ । रुस र युक्रेनबीच युद्धको खतरा बढीरहेका बेला सरकारले युक्रेनमा रहेका सबै नेपालीलाई फर्किन अपील गरेको छ । परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै अत्यावस्यक काम बाहेक युक्रेनको भ्रमण नगर्न पनि अपील गरेको छ ।
दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका सबै नेपाली नागरिकलाई घटनाक्रमको मूल्याकंन गरी स्वदेश फर्कन अनुरोध गरेको छ ।
युक्रेनमा २ सय बढी नेपाली रहेको अनुमान गरिएको छ । युक्रेनमा नेपाली दुतावास नरहेकाले जर्मनस्थित दुतावासले युक्रेनमा समन्वय गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline